नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल घुससहित रंगेहात पक्राउ
२२ कात्तिक, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल एकबिहानै घुससिहत रंगेहात पक्राउ परेका छन । शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर घुस खाँदै गर्दा इन्जियर पाैडेल पक्राउ परेका हुन ।

उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि एक जना इन्जिनियर घुससहित पक्राउ परेको सूचना आफूले पाएको जानकारी दिएका छन । घुससहित पक्राउ परेका पौडेल बेलकोटगढी नगरपालिकाले नै भर्ना गरेका करारका इन्जिनयर हुन ।
घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु¥याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित मिठाइ पसलबाट पक्राउ गरिएको हो ।
प्रकाशित मिति : November 7, 2020 at 9:55 am



