अस्पतालको बेडबाट मनोज गजुरेलको सन्देश ‘आराम छु, आरामको कामना गर्दछु’
२२ कात्तिक, काठमाडाैँ । वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले अस्पतालको बेडबाटै फेसबुक मार्फत आफू आराम रहेको सन्देश दिनुभएको छ । शुक्रबार राति सामाजिक सञ्जाल मार्फत गजुरेलले आफू आरामै रहेको भन्दै अरूको पनि आरामको कामना गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।’ त्यसअघि सञ्चारमाध्यमले गजुरेलको अवस्था गम्भीर रहेको भन्दै समाचारहरू प्रकाशन गरेका पछि गजुरेलका समर्थक शुभचिन्तकहरू चिन्तित बनेका थिए । उनको परिवारका सदस्यले पनि गजुरेलको स्वास्थ्य सामान्वय रहेको बताएका थिए तर सञ्चारमाध्यमले त्यसलाइ प्राथमिकता नदिइ गजुरेल गम्भीर भन्दै समाचार बेचेका थिए ।
प्रकाशित मिति : November 7, 2020 at 8:13 am



