१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्रोत नखुलेको ४० लाखसहित नागढुंगाबाट एक जना पक्राउ

२१ कात्तिक, काठमाडाैँ । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका—२ बस्ने ४० वर्षीय व्यास गुप्ता शुक्रबार बिहान पक्राउ परेका हुन्।

प्रतिकात्मक तस्बिर ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस जाँच गर्दा उक्त रकमसहित गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति : November 6, 2020 at 1:44 pm