५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पत्रकार सीताराम बर्माको निधन

२१ कात्तिक, काठमाडौँ । कोरोना संक्रमणमुक्त हुनुभएका धादिङका पत्रकार सीताराम बर्माको निधन भएको छ। राससका धादिङ जिल्ला समाचारदाता ७९ वर्षीय बर्माको आज बिहान उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो। बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उहा कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।  गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाउनुभएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

प्रकाशित मिति : November 6, 2020 at 9:44 am