१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्वास्थ्य बीमा बोर्डले पूर्णता पायो, कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

२० कात्तिक, काठमाडाैँ । स्वास्थ्य बीमा बोर्डले पूर्णता पाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । लोक सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले तीन जना प्रतिस्पर्धी मध्येबाट पौडेललाइ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । पौडेल चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ।

सुदर्शन पाैडेल । तस्बीरः पाैडेलको फेसबुकवाल ।

लोकसेवा आयोगको संयोजकत्वमा गठित समितिले डा दामोदर बसौला, डा कृष्णप्रसाद अधिकारी र सुदर्शन पाैडेलको नाम सिफारिस गरेको थियो । पाैडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्याक हुन ।

प्रकाशित मिति : November 5, 2020 at 7:42 pm