सांसद विद्या भट्टराईद्धारा निर्वाचन क्षेत्रको विकास आयोजना निरीक्षण र अनुगमन
२० कात्तिक, पोखरा । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले बिहीवार कास्की निर्बाचन क्षेत्र न २ मा सन्चालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण गर्नुभएको छ । भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट सन्चालित आयोजनाको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा भट्टराईले सञ्चालित योजनाका कार्यप्रगति र अप्ठ्यारा अबस्थाहरुको जानकारी लिनुभयो । उहाँले कोरोनाको महामारीले देश आक्रान्त भैरहेको अवस्थामा सुरक्षित रहँदै विकास निर्माण अघि बढाउन निर्माण कम्पनी, मजदुर, स्थानीय उपभोक्ता समितिहरुलाई आग्रह गर्नुभयो ।

प्रतिकुल परिस्थिति भएकोले आफ्नो स्वास्थको पूर्ण ख्याल गर्दै स्वास्थ मापदण्ड पालना गरेर निर्माणको गुणस्तरमा कुनै कमि नगर्न आग्रह गर्दै भट्टराईले बिकास पुर्बाधारले मात्रै समृद्धिको यात्रा शुरु हुने बताउनुभयो । बिहिबार भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडकको निरीक्षण र अनुगमन गर्नुभयो ।
प्रकाशित मिति : November 5, 2020 at 6:53 pm



