विद्युत प्राधिकरणका इन्जिनियर जैसवाल १० लाख घुससहित पक्राउ
२० कात्तिक, हेटाैँडा । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मकवानपुरको हेटौँडाबाट इन्जिनियर इश्वरीप्रसाद जैसवाललाइ १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

जैसवाल नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर हुन । उनलाइ प्रशारण लाइनको ठेकेदारसँग हेटौंडाको मेगा होटलमा बसेर घुस लिइरहेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ । उनी माथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : November 5, 2020 at 6:29 pm



