१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काठमाडौँ उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि

२० कात्तिक, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० गरी जम्मा १३९८ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसँगै काठमाडौँ उपत्यकामा हालसम्म संक्रमितको संख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ । यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६६३ संक्रमितमध्ये ७ हजार ३२२ जना निको भएका छन् ।

प्रकाशित मिति : November 5, 2020 at 5:02 pm