१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप १८ जनाको मृत्यु

२० कात्तिक, काठमाडाैँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १८  जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फाइल फाेटाे

हाल सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५१४ रहेकाे छ । पछिल्लो २४ घण्टामा थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ ।

प्रकाशित मिति : November 5, 2020 at 4:45 pm