१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

बसपार्ककाे एक होटलबाट ३ युवतीसहित ७ जना पक्राउ

२० कात्तिक, गोदावरी । धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो ।

प्रतिकात्मक तस्बिर ।

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : November 5, 2020 at 3:52 pm