स्याङ्जामा एकै दिन विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरू पक्राउ
२० कात्तिक , स्याङ्जा । स्याङ्जामा एकै दिन विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत इकाईबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित मिति : November 5, 2020 at 3:41 pm



