१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना निकाे भएर घर फर्किए

१९ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । याेसँगै नेपालमा कुल काेराेना संक्रमितकाे संख्या १ लाख ८२ हजार ९२३ पुगेकाे छ ।

हाल सक्रिय संक्रमितकाे संख्या ३६ हजार ९११ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ९७८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

प्रकाशित मिति : November 4, 2020 at 4:35 pm