१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

पूर्वसभामुख महराले पत्नीलाई माला चढाएर गरे अन्तिम विदाइ (तस्वीरसहित)

१९ कात्तिक, काठमाडाैँ । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा पत्नी सीताको अन्तिम बिदाइका लागि आर्यघाट पुगेका छन् । उनकी पत्नी सीताको उपचारका क्रममा बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौं ल्याइएको थियो ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : November 4, 2020 at 4:07 pm