१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत २ काेराेना संक्रमितको मृत्यु

१९ कात्तिक,  मोरङ । नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई काेराेना संक्रमितको मृत्यु भएको छ । इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दमको पूरानो समस्या भएकी संक्रमित वृद्धा इलामको चुलाचुली–६ की हुन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय वृद्ध बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी भएको दाहालले बताए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : November 4, 2020 at 1:58 pm