१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

सशस्त्र प्रहरीका कर्मचारीको मनोबल बढाउन फिल्डमै खटिए महानिरीक्षक खनाल

१८ कात्तिक, काठमाडाैँ । सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका बिभिन्न इकाइहरुको निरिक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारिहरुलाइ समेत भेट्नु भएको छ । महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनि पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा ब्यबस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङ्जा गुल्म समेतको निरिक्षणको क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पुरा गर्न निर्देशन दिनुभयो ।

संगठनको आदेश र निर्देशनको पुर्ण पालना गर्न तथा एक ब्यक्तिको बद्मासिका कारण सिंगो संगठनको बद्नाम हुने कार्य नगर्न समेत निर्देशन दिनुभयो । सशस्त्र प्रहरी कर्मचारिको सन्ततिको गुणस्तरीय शिक्षाको लागि क्षेत्रीय स्तरमा बिद्यालय हरुको स्थापना र कर्मचारिको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताउनु हुंदै उहाँले कार्यक्षेत्रमा उच्च मनोबल र अबिचलित रहि कार्य गर्न समेत निर्देशन दिनु भयो । निरीक्षणका क्रममा उहाँले अाइशोलेसन र क्वारेन्टिनमा रहेका कर्मचारिलाइ समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारिको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति : November 3, 2020 at 11:58 am