१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

१८ कात्तिक, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिनुभयो ।

फाइल तस्वीर

घरपरिवारका सदस्यसमेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ । साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : November 3, 2020 at 11:22 am