हुण्डीको १ करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट पक्राउ
१८ कात्तिक, काठमाडौँ । काठमाडौँको ओमबहालबाट हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 3, 2020 at 10:29 am



