१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

काेराेना संक्रकणबाट विराटनगरमा थप २ जनाको मृत्यु

१७ कात्तिक, विराटनगर ।  पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट विराटनगरमा २ जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा काेराेना संक्रमणका कारण दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्ध रहेका छन् ।

फाइल फाेटाे

नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका-२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । काेराेना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

प्रकाशित मिति : November 2, 2020 at 3:18 pm