काठमाडौँ उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित
१६ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १६४ जना गरी जम्मा १६२२ जना काेराेना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।
प्रकाशित मिति : November 1, 2020 at 4:53 pm



