१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण, २३ जनाकाे मृत्यु

१६ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

पछिल्लो पटक गरिएको १३ हजार २३  स्वाब परीक्षणमा २८२४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

प्रकाशित मिति : November 1, 2020 at 4:41 pm