कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका सई खड्काको निधन
१६ कात्तिक, काठमाडाैँ । कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) नगेन्द्र खड्काको निधन भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार सई खड्काको मृत्यु भएको हो ।

प्रेसर सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको अस्पताल प्रशासनले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए ।
प्रकाशित मिति : November 1, 2020 at 12:55 pm



