१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ कोरोनामुक्त, १७ जनाले ज्यान गुमाए

१५ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

पछिल्लो पटक गरिएको ९ हजार २७९ स्वाब परीक्षणमा २ हजार ५०८ जनामा कोरोना पुग्टि भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ । संक्रिय संक्रमित भने ३८ हजार ३५७ अर्थात २२.६ प्रतिशत सक्रिय संकमित रहेका छन ।  अहिले २ हजार ४१० जना क्वारेन्टिनमा रहेका छन ।

मन्त्रालयका अनुसार शनिबार २ हजार २६४ जनाउ कोरोना मुक्त भएर घर फर्किएका छन । त्यस्तै १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ३१ हजार २२२ जना निको भएका छन । यो कुल संक्रमितको ७६.९ प्रतिशत हो ।

प्रकाशित मिति : October 31, 2020 at 4:07 pm