१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

पछिल्लाे २४ घण्टामा थपिए ३५१७ कोरोना संक्रमित, १६ को मृत्यु

१४ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ३५१७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३५७ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

प्रकाशित मिति : October 30, 2020 at 5:21 pm