१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बारामा प्याज तस्करसँग प्रहरीको झडप, गोली लागेर १४ वर्षीय बालक र तीन प्रहरी घाइते

१३ कात्तिक, बारा । बारामा प्याज तस्करहरूसँग प्रहरीको झडप हुँदा एक बालिक र तीन प्रहरी घाइते भएका छन । प्रहरीको गोली लागेर घाइते भएका १४ वर्षका बालकको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट प्याज तस्करी गरेर ल्याइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले तस्करीको समानासहित नियन्त्रणमा लिएको भन्दै स्थानीयले प्रहरी चाैकीमा अाक्रमण गरेका थिए ।

एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको  भन्दै गोली लागेर घाइते भएका १४ वर्षीय रन्जन यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन । घाइते प्रहरीको कलैयामा उपचार भैरहेको छ । टाउकोमा गोली लागेका बालको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : October 29, 2020 at 10:12 am