टेलिभिजन प्रस्तोता रवि लामिछाने दम्पतिलाई लक्षणसहितको कोरोना संक्रमण
१३ कात्तिक, काठमाडाैँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने दम्पतिलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको छ । न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सीधाकुरा जनतसँग कार्यक्रमका प्रस्तोता लामिछानेले सामाजिक सञ्जाल मार्फत आफू र पत्नी निकिता पौडेलमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन ।

उनले भनेका छन ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’
प्रकाशित मिति : October 29, 2020 at 9:04 am



