काेराेना संक्रमणबाट रुपन्देहीमा थप दुईजनाकाे मृत्यु
११ कात्तिक, बुटवल । काेराेना संक्रमणबाट रुपन्देहीमा थप दुईजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुष रहेका छन् । उनिहरूकाे कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको हाे ।यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हाे ।
प्रकाशित मिति : October 27, 2020 at 8:40 am



