सर्वसाधारणलाई खुलामञ्चमा दशैंको टीका
१० कात्तिक, काठमाडाैँ । लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवशरमा सर्वसाधारणलाई टीका लगाएको हो । खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवशर पारेर टीका लगाइदिएको हो ।
लक डाउन सुरु भएदेखि बाटोमा खाना खवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पुरा गरेको सर्वसाधारणले बताएका छन् ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताउनुभयो । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उहाँले बताउनुभयो ।
आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्सोल्लास छैन् । विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ ।
प्रकाशित मिति : October 26, 2020 at 2:35 pm



