३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पताल को निशुल्क स्वास्थ शिबीर सम्पन्न

२७ जेठ, नुवाकोट । नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा शनिवार घरदैलोमै निस्शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

राजधानी काठमाडौ बाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्य ले ग्राण्डी अस्पतालले स्थानीय संघ सस्था सङ समन्वय गर्दै निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा नवजात शिशु को साथै करीब ९० बर्ष सम्मका बृद्ध बृद्दा हरुले सेवा लीएका थीए ।

वृद्धवृद्धा पनि लट्ठीको सहारामा घन्टौं हिंडेर शिविरमा आएका थिए । समुन्द्रटार कि ७८ वर्षीया सुन्तलीमाया थिङ २ घण्टा पैदल हिंडेर स्वास्थ्य परीक्षण गराउन शिविरमा आइपुगेकी थिइन् । उनी दमरोगले ग्रसीत थीइन । डाक्टर को परामर्श र निशुल्क औषधि प्राप्त गरेपछी उनले खुशी हुँदै भनीन “ हामी गरीब लाई उपचार गराउन पैसा छैन, यो शिबिर ले हामीलाइ मद्दत पुर्याएको छ ।

राजधानी काठमाडौ बाट नजिक भए पनि यातायात, विद्युत, खानेपानी र स्वास्थ्य सेवाबाट वञ्चित रहेको यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्राण्डी अस्पताल ले जनाएको छ । सबैजसो समुदायको बसोबास रहेको यो क्षेत्रमा ग्राण्डी अस्पताल ले स्वास्थ्य शिविर सञ्चालन गरेको पहिलो हो । शिविरमा करीब ३०० स्थानीय बासीन्दा ले सेवा प्राप्त गरेको अस्पताल ले जनाएको छ ।

शिविरमा ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, र स्थानीय नुवाकोट सीटी अस्पताल का चिकित्सक टोलीले बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, दम, छातीदुख्ने रोगसम्बन्धी परीक्षण गरेका थिए भने लायन्स क्लब ले ब्यवस्थापन गरेको थीयो ।
परीक्षणमा ५ जनामा नशासमन्धी र एक ३ जनामा फोक्सोको समस्या भेटिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार १५:५४