उजाडिएछ महेन्द्ररत्न क्याम्पस तहाचल, पूर्व विद्यार्थी नेताकाे अमिलो अनुभुति
२५ जेठ, काठमाडाैँ । शिक्षाशास्त्र संकायकाे पढाइ हुने सबैभन्दा ठूलाे र पुरानाे महेन्द्ररत्न क्याम्पस ताहाचलबारे एक पूर्व विद्यार्थी नेताले अमिलो अनुभुति व्यक्त गरेका छन । सामाजिक सञ्जाल मार्फत तहाचलका अनेरास्ववियुको राजनीति गरेका मोहन बस्तोलाले अाफ्नो फेसबुक वालमा क्याम्पसको बारेमा मनै अमिलो पर्दै लामाे टिप्पणी गरेका छन । उनी हाल रेडियो नेपालबाट प्रशारण हुने घटना र विचार कार्यक्रमको संयोजकको भूमिकामा कार्यरत रहेका छन ।
बास्तोलाको टिप्पणी जस्ताको त्यस्तै
स्नातक र स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको कलेज महेन्द्ररत्न क्याम्पस ताहाचल । अहिले पनि मलाई महिलाहरुको माइतिघर जस्तो लाग्छ । बाटो पर्यो भने नविर्सि निस्कने बानी छ । आज पनि त्यस्तै बाटो पर्यो एक पटक भित्र छिरे । आफ्नो पालामा खेल्दाका चौरहरु, ती भवनहरु अनि त्यहाँका पर्खालहरु सबै करिब सात–आठ वर्ष कष्टपूर्ण राजनीति गर्दा विताएका पलहरु मानसपटलमा छम्छम् नाचे । त्यतिवेला करिब ६ पटक क्याम्पस कमिटीको सदस्य भएर संगठनका निम्ति गरेका योगदान पनि एक पटक छम्छम् नाचेँ । त्यति मात्र होइन त्यतिबेला ऋणले थिचिएको प्रारम्भिक कमिटीलाई ऋणमुक्त बनाउन वलिदान चलचित्र विश्वज्यति हलमा च्यारेटी गर्दा खसी बजारको माथि डाँडामा श्याम सापकोटा दाईको घरबाट टिनको ट्याङ्कामा वलिदानको रिल बोक्दा ढाड खुइलिएको पनि स्मरण भयो ।
त्यसैबेला रातभरी डियुटी बस्दा अनिदो आँखासहित कलेज आउने ईश्वर तिमल्सेना, काम गरेर कहिल्यै नथाक्ने,टपेन्द्र कार्की,शिवराज गौतम, संगठनात्मक कामका लागि दिलोज्यान दिने शैलेन्द्र अधिकारी,राम थुलुङ, राधिका खतिवडा, धुर्व निशास पहाडी, उर्मिला सुनुवार, सुदर्शन सिवाकोटी,कमलमाणि गौतम, प्रकाश शाही, मधुकर लुईटेल, हरि पंज्ञेनी, लगायत धेरै–धेरैको पनि याद एक पछि अर्को गर्दै आइरहे । हामीले त्यतिबेला दुःख गरेर निकाल्ने गरेका भित्ते पत्रिका बस्ने ठाउँमा माकुरीको जालो देखियो । गहभरी आँसु बनाउँदै ती जालो पुछ्ने बोहेक केही गर्ने आँट आएन ।
सिर्जनाले भरिएका भित्ताहरु पनि मैले एकै पटक सम्झिएँ । त्यतिबेलाका मैले आदर्श मानेका कलेजका नेताहरु दाई यज्ञराज सुनुवार, मोहन गौतम, केदार अधिकारी, वर्तमान नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य कमरेड रचना खड्का सबैलाई सम्झिँए । म यतिसम्म भावुक भएँ कि त्यति बेला सिर्जनाले भरिएका भित्ताहरु त्यहाँ थिएनन् । आदर्शले भरिएको अनि गौरवशाली संगठन अनेरास्ववियु पनि मलाई फुङ्ग उडेको जस्तो अनुभूति भयो । उच्च शिक्षा हाँसिल गर्ने महान अभिलाषा बोकेर कलेज भित्र छिरेका केही भाइबहिनीहरुलाई भेटेँ । उनीहरुको अनुहारमा ऊर्जा थिएन । अनविज्ञता चाहिँ प्रसस्त थियो ।
त्यहि बेला मेरो आँखा भित्ता झुण्ड्याएको एउटा व्यानरमा पुग्यो । मलाई त्यो व्यानरले पहिला त निकै ऊजा भरेको थियो । सिर्जनात्मक काम अहिले पनि हुने रहेछन् । सिर्जना त अहिले पनि मरेको रहेनछ् । यस्तै तर्कना मनमा खेलाउँदैँ । गर्लम अँगालो हाले जसरी मेरो ताहाचलको बगौँचामा बसेँ । तर, अँह कताकता पोलेको अनुभूति भयो । फेरि पनि त्यहि व्यानरले मलाई गिज्याएको जस्तो अनुभूति भयो । त्यो व्यानर करिब १२–१३ वर्ष अघिको स्ववियुका नाममा त्यो पनि कलेजको वर्षे विदा हुने छेक पारेर गरिने कार्यक्रमका लागि टाँगिएको रहेछ । त्यो पनि वे मौसममा ।
कार्यक्रम गर्ने रचनात्मक सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने त निकै परको कुरा भयो । त्यहि नाममा २०–५० हजार कमाउने दोहोरीमा रमझम गर्ने असल मनसायले गर्न खोजिएको भन्ने पनि अल्पो–अल्पो जानकारी आएपछि फेरि घोत्लिएँ । पहिला पनि तिजको दरखाने दिन अनेरास्ववियुको महिला विभागले दुःख गरेर उठाएको केही हजार पैसा ‘खै लेऊ, त्यो पैसा सबै व्यवस्था मै गर्छु । भनेर लिएको र दरखाने दिन व्यपत्ता भएको त्यहि असल नेतृत्वले नै त्यस्तो असल काम गर्न खोजेको भनेपछि मन अमिलो भयो ।
मलाई त्यतिले पनि चित्त नबुझेपछि फेरि त्यही चौरमा बसेर अहिले राष्ट्रिय राजनीतिमा निकै चर्चा कमाएका त्यही क्याम्पसका पूर्व स्ववियु सभापति दाईहरु लालकुमार केसी,योगेश भट्टराई, विशाल भट्टराई, यज्ञराज सुनुवार, मोहन गौतमहरु फेरि मेरो आँखा अघि छमछम् नाच्न थाल्नुभयो । उहाँहरु अहिले देश बनाउने अभियानमा लाग्नु भएको छ । उहाँहरुलाई देश बनाउने अभियान पूरा नभएकोमा कति चिन्ता छ । त्यहि कोटिमा पुग्नु पर्ने साथीहरु चाहिँ ‘विचरा अहिले पनि बिहानदेखि बेलुकासम्म त्यहि ताहाचल क्याम्पसमा त्यो पनि अघि मैले माथि चर्चा गरे जस्तो असल कामका लागि ।’
यति धेरै सोचेपछि त्यो भन्दा बढी सोच्नु पनि बेकार छ भन्ने लाग्यो । अन्तिममा दाईहरु लालकुमार केसी,योगेश भट्टराई, विशाल भट्टराई, यज्ञराज सुनुवार, मोहन गौतमहरु कार्यकर्ता यस्तो सुन्दा कति दुःखी भए होलान भनेर गहुँङ्गो मन लिएर हिँडे ।
प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १६:३०