अन्ततः आफैँ घर हिडेँ अायल निगमका गोपाल, भ्रष्टाचारको आरोपले पेण्डुलम बनेपछि राजिनामा
२४ जेठ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जिम्मेबारी बिहीन भएर पेण्डुलम बन्नुपरेपछि राजिनामा दिएका छन ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा भष्टाचार गरेको अरोप लगाएपछि बर्खास्तगीमा परेको खड्का अदालतको आदेशबाट फर्किएका थिए तर तत्कालीन सरकारले खड्कालाई काम नदिएर पेण्डुलम बनाएपछि नौ महिना उनी विनाकाम हाइ काढेर जागिर खाइरहेका थिए ।
उनले बिहीबार पत्रकार सम्मेलनको आयोजना नै गरेर अब जिम्मेबारी बिहीन अवस्थजामा रहन नसक्ने भन्दै राजिनामा दिएको घोषणा गरे । उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेर आफूलाई हटाएको आरोप लगाएका छन ।
प्रकाशित मिति : 13:15









