१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

कोरोनाबाट चार महिनामा ४९ हजार नेपालीको मृत्यु हुने अक्सफोर्डको दाबी झुटोः जनस्वास्थ्यविद् पाण्डे


१३ भदाै, काठमाडाैँ । जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले कोरोनाबाट चार महिनामा ४९ हजार नेपालीको मृत्यु हुने अक्सफोर्डको दाबी झुटो रहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको अनुमानको निष्कर्ष झुटो रहेको बताउँदै पाण्डले यस्तो भ्रममा नपर्न अनुरोध गरेका छन ।

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले यो वर्ष अर्थात अबको चार महिना (डिसेम्बर)सम्ममा ८१ % नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुने निष्कर्ष निकालेको भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए । त्यसले जनतामा भ्रम र त्रास सिर्जना भएको भन्दै जनस्वास्थ्यविद् पाण्डेले त्यो गतल रहेको दाबी गरेका हुन ।

उनले भनेका छन  ′नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्ष ले आम जनमानसमामा त्रास उत्पन्न भएको छ |
एउटा अध्येताको नाताले म दावी गर्दछु कि – त्यो अनुमान १०० % गलत हो | उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।‘

पाण्डेले जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि नभएको बताएका हुन । उनले महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम अाउने भन्दै यस्ता भ्रमको पछि लागन नहुने बताएका छन ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १७:३४