शनिबार ८८४ जनामा कोरोना संक्रमण पुष्टि
१३ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८८४ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

विगत २४ घण्टामा कोरोनाबाट निको भई घर फर्किनेकाे संख्या ३ सय १३ रहेकाे छ । याेसंगै काेराेना निको हुनेकाे संख्या २० हजार ५ सय ५५ पुगेकाे छ। आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

यो पनि पढ्नुहोस्
प्रकाशित मिति : August 29, 2020 at 4:37 pm



