११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडाैँ उपत्यकामा थप १८६ जना कोरोना संक्रमण पुष्टि

१३ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङकाक्रममा काठमाडाैँ उपत्यकाको काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी कुल १८६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९७१ को पीसीआर परीक्षण गर्दा देशभर २४२ महिला, ६४२ पुरुष गरी ८८४ जनामा कोरोना संक्रमण देखिएको छ । उनले पछिल्लो चौविसघण्टामा प्रदेश नं १ मा १५, प्रदेश नं २ मा ३८, बागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा १७ र कर्णाली प्रदेशमा २४ गरी कुल १७५ जना आइसीयूमा रहेको बताए । यस्तै भेन्टिलेटरमा उपचार गराउनको संख्या २२ रहेको बताए ।

प्रकाशित मिति : August 29, 2020 at 4:35 pm