५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

गोकुल बाँस्कोटा पुनः मन्त्री बन्ने चर्चाले विनोद चाैधरी र उनी निकट मिडिया मालिकको निन्द्रा गायब !


११ भदाै, काठमाडाैँ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता गोकुल बास्कोटाको नाममात्र सुन्दा पनि कतिपयलाई ज्वरो आउँछ । उनी समकालीन नेताहरू मध्ये सबैभन्दा खरो नेताका रूपमा चिनिन्छन । पत्रकारिताको पृष्ठभूमि भएका बाँस्कोटा सञ्चारमन्त्री रहँदा धेरैको निद हराम गरिदिए । नियम विपरित चौधरी समूहको काम गर्नका लागि पार्टी भित्रैबाट दबाबहरू परे पनि उनले टेरेनन् ।

पछिल्लो केही दिनयता सरकारमा रहेका केही मन्त्रीहरूको हेरफेरको विषय बाहिरिएसँगै गोकुल बाँस्कोटा पुनः सञ्चारमन्त्री बन्ने चर्चा पनि चल्यो । यही चर्चाका बीचमा केही सञ्चारमाध्यम कन्दनी खुस्कने गरी बाँस्कोटाको विरूद्धमा जनमत सिर्जना गर्न लागिपरेका छन । सञ्चार उद्यमीको आवरणमा हुने अबैध धन्दा र चौधरी ग्रुपको अबैध गतिबिधिप्रति आक्रामक बास्कोटा पुनः मन्त्री हुने चर्चाले यतिखेर विनोद चौधरी र उनी निकट मिडिया मालिकको निन्द्रा गायब भएको विश्लेषण गर्न सकिन्छ ।

ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोज्दै जाँदा बास्कोटाले १८ लाख ६५ हजार अमेरिकी डलर झ्वाम पारेको तथ्य पाए । त्यसपछि उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने सर्बजिनक अभिव्यक्ति समेत दिएका थिए ।

सो रकमको खर्च र गर्नुपर्ने कामको र पूर्वशर्तमा रहेका प्रावधान पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने बाँस्कोटाको भनाइ थियो । उनै बास्कोटाले एन बी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत् गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न राष्ट्र बैंकसँग पटक पटक अनुरोध पनि गरेका थिए । बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ ।

चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत् नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत् विदेश जान्छ । पूर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न अनुरोध गर्दै आएका छन ।

यो पनि पढ्नुहोस्

-सिजी टेलिकमको नाममा विनोद चाैधरीले सरकारको १ करोड १८ लाख डलर झ्वाम पारेको खुलासा

-विनोद चौधरीको सिजी इलेक्ट्रोनिक्सको किर्ते प्रमाणित, २४ करोड असुल्न अदालतको आदेश

सर्वोच्चबाट गलहत्याइएका जोशीले जारी गरेको अन्तरिम आदेश पनि खारेज, विनोद चाैधरी ट्वाँ

पूर्वमन्त्री गोकुल बाँस्कोटा फेरि खनिए चाैधरी ग्रुपमाथि, अर्बौं रूपैयाँ विदेश लैजानबाट रोक्न माग

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०९:०३