२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

एसईईको नतिजा आज सार्वजनिक हुँदै


१ भदौ, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र केही बेरमा नतिजा प्रकाशन हुने बताइएकाे छ ।

६ चैतका लागि निर्धारित एसईई काेराेनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १८:४२

https://srdb.com.np/