काठमाडौँ उपत्यकामा थपिए १३८ जना काेराेना संक्रमित
२८ साउन, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडाैँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् ।

यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ ।
प्रकाशित मिति : August 12, 2020 at 4:58 pm



