पत्रकार बलराम बानियाँ मृत भेटिए
२८ साउन, काठमाडौँ । कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँ मृत भेटिएका छन् । तीन दिन देखि सम्पर्कविहीन पत्रकार बानियाँकाे शव सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको हाे। बानियाँ यही साउन २६ गते काठमाडौँकाे बल्खुदेखि बेपत्ता भएका थिए। बानियाँकाे मोबाइलको अन्तिम लोकेशन बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ।

दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्वद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँथे। उनको जन्मथलो तनहुँ हो। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।
प्रकाशित मिति : August 12, 2020 at 2:48 pm



