किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
२८ साउन, काठमाडौँ । किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। काठमाडौँ टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति १ः १५ बजे मृत्यु भएको र आज विहान ९ बजे रिपोर्ट पोजेटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

यही साउन २६ गते पाटन अस्पतालबाट उनलाइ किस्टमा रिफर गरिएको थियाे। बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा अर्का १ पुरुषको मृत्यु भएको थियो।
प्रकाशित मिति : August 12, 2020 at 11:36 am



