१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पासाङल्हामु राजमार्गको चार ठाउँमा पहिरो, ३६ घण्टादेखि सवारी आवागमन रोकियो (फोटोफिचर)

-प्रशान्तजंग पाण्डे 

२८ साउन, नुवाकोट । पासाङल्हामु राजमार्ग ३६ घण्टादेखि अबरूद्ध रहेको छ । यही साउन २६ गते बेलुकादेखि राजमार्ग अबरूद्ध हुन पुगेको छ । राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । एक स्थानामा डाँडो नै सडकमा खसेको छ । तर ३६ घण्टादेखि पहिरो पन्छाउनका लागि कुनै पनि सरकारले ध्यान दिएको छैन । स्थानीय जनताले स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न निकायमा गुनासो गर्दा पनि पहिरो पन्छाउने काम हुन सकेको छैन । बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ र १३ मा पर्ने सडकमै चार ठाउँमा ठूला ठूला पहिरो खसेको छ ।

प्रकाशित मिति : August 12, 2020 at 8:13 am