मंगलबार ६३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २३ हजार ९४८ पुग्याे
२७ साउन, काठमाडाैँ । मंगलबार ६३८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ६३८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९४८ पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या ७ हजार २०१ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १७१ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ६६४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८३ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 11, 2020 at 4:36 pm



