१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गोंगबु घटनाः फेसबुकमा निर्वस्त्र तस्बिरहरू सार्वजनिक गर्न थालेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या

२७ साउन। काठमाडाैँ । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।

दाङ घर भई काठमाडौँमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।निर्वस्त्र तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेकाे र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएकी छिन्

बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हानेकाे र त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो।

प्रकाशित मिति : August 11, 2020 at 11:52 am