१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । भक्तपुरका ४ जना ,काठमाडौँका ३६ जना र ललितपुरका ४ जना गरी  ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ।

साेमबार थप ३३८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३१० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १४० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ४९३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७९ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : August 10, 2020 at 4:55 pm