साेमबार ३३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २३ हजार ३१० पुग्याे
२६ साउन, काठमाडाैँ । साेमबार ३३८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ३३८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३१० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १४० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ४९३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७९ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 10, 2020 at 4:27 pm



