मेडिसिटी अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु
२६ साउन, काठमाडाैँ । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कीर्तिपुरकाे ट्याङ्लाफाँट निवासी पुरूषकाे सोमबार बिहान पौने ६ बजे मृत्यु भएको हाे ।

निमोनिया र मधुमेहको समस्या रहेका उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेपछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको थियाे।
प्रकाशित मिति : August 10, 2020 at 2:19 pm



