१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रहरी कन्ट्रोल रुममा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

२६ साउन, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानी पोखरीस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये २ जना संक्रमितलाई प्रहरी अस्पताल र १ जना  संक्रमणलाई कीर्तिपुरको आयुर्वेदिक अस्पतालमा राखिएकाे छ।

काेराेना संक्रमितकाे सम्पर्कमा रहेकाहरूकाे पीसीआर परीक्षणको तयारी गरिएको छ। प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनु परे १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ। फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन्। यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ। यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना  संक्रमण देखिएको हो।

प्रकाशित मिति : August 10, 2020 at 12:53 pm