भूक्षय रोक्न तारेभिरमा वृक्षरोपण
२५ साउन, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–३ तारेभिरमा भूक्षय रोक्न वृक्षरोपण गरिएको छ । तारेभिर महिला समूहको आयोजनामा महानगरीय प्रहरी वृत्त बौद्धसहितको टोलीले वृक्षरोपण गरेको हो । पहिराको जोखिम रहेका क्षेत्रमा २५० प्रजातिका बिरुवा रोपण गरी भविष्यमा हुने सम्भावित जोखिम न्यूनीकरण गरिएको कार्यक्रम संयोजक हरिबोल बिष्टले जानकारी दिनुभयो ।

स्वतन्त्र टोल सुधार समितिका पदाधिकारी, वडा सदस्य र प्रहरीसहितको उपस्थितिमा हरियाली प्रवद्र्धन गर्ने र भूक्षयको जोखिम कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा सदस्य लक्ष्मण गोलेले बताउनुभयो । गोलेले आफू र महिला समूहको सक्रियतामा बिरुवाको संरक्षण पनि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : August 9, 2020 at 6:02 pm



