काठमाडाैँ उपत्यकामा थपिए ९२ जना काेराेना संक्रमण पुष्टि
२५ साउन, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका ९० जना र ललितपुरका २ जना गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आइतबार मात्रै देशभर ३८० जना काेराेना संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ९७२ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ जना पुगेको छ ।
प्रकाशित मिति : August 9, 2020 at 4:35 pm



