स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
२५ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयमा काम गर्ने ३ जना सहयाेगी कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।
प्रकाशित मिति : August 9, 2020 at 4:13 pm



