चट्याङ लागेर गुल्मीमा एक जनाकाे मृत्यु
२५ साउन, गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङ बस्ने ३९ वर्षीय कमल भण्डारीको शनिबार बेलुका परेको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : August 9, 2020 at 1:13 pm



