शनिबार ३७८ जनामा कोरोना संक्रमण पुष्टि, ४९९ जना डिस्चार्ज
२४ साउन, काठमाडाैँ । शनिबार ३७८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप ३७८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ५९२ पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या ६ हजार २०६ रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा ४९९ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७३ जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 8, 2020 at 4:25 pm



